मध्यपश्चिम विश्वविद्यालयले समावेशी शिक्षाको पाठ्यक्रम बनाउँदै

बुधबार, १२ भदौ २०८१, १३ : ५२

 काठमाडौं –मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुयट स्कुल अफ एजुकेशन डिन कार्यालयको आयोजनामा समावेशी शिक्षाको पाठ्यक्रम निर्माण सम्बनधी कार्यशाला आज काठमाडौंमा सम्पन्न भयो । कार्यक्रम एमआइसिडी सानेपामा भएको थियो । 
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डीन प्रा.डा. चित्रबहादुर बुढाथोकी , प्राडा बासुदेव काफ्ले लगायतका विज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रम मध्यपश्चिम विद्यालयका डीन प्रा.डा. यमबहादुर कार्कीेको अध्यक्षतामा भएको थियो । 

बुधबार, १२ भदौ २०८१, १३ : ५२

प्रतिक्रिया