भ्रष्टाचार मुद्दामा हदम्याद राख्न लागेकोमा नागरिक समाजको आपत्ति

बुधबार, १२ भदौ २०८१, १५ : २१

काठमाडौं – भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने विषयले मुलुक तातिरहेकोबेला नागरिक समाज दाङले पनि भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्न सरकारलाई अपिल गरेको छ ।

नागरिक समाज दाङका संंयोजक नीमबहादुर थापाले विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको मुद्दामा कुनै पनि छुट हुन नहुने उल्लेख गरेका छन् । संविधान जारी भएको दशक पुग्नै लाग्दा पनि सुशासन, आत्मनिर्भर अर्थतन्त्रको सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्दै उल्टै भ्रष्टाचारजन्य मुद्दामा पाँच वर्षे हदम्याद राख्ने गरी नयाँ कानुन निर्माण गर्न लागिएकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार नियन्त्रण हुन नसक्नु, सुशासन कायम नहुनु र आर्थिक उत्पादनमा वृद्धि दर घट्दै जानुले नागरिकहरुमा निराशा छाएको उल्लेख गर्दै नागरिक समाज दाङले यही स्थिति लामो समय रहे देशले ठूलो आर्थिक संकट भोग्ने अवस्था आउने उल्लेख गरेको छ ।

बुधबार, १२ भदौ २०८१, १५ : २१

प्रतिक्रिया