युवाहरुलाई पक्राउ गरेकोमा रास्वपाको विरोध

बुधबार, १२ भदौ २०८१, १६ : ०५

काठमाडौं – संविधान प्रदत्त अधिकारको प्रयोग गर्दा सरकारले पक्राउ गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । शान्तिपूर्ण रुपमा नाराबाजी गर्न पाउने संविधानले दिएको नागरिक हक हो भन्दै सो पाटीृका सांसद हरि ढकालले सरकारको चर्को आलोचना गरेका छन् । 
गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गरेकै आरोपमा युवाहरूलाई पक्राउ पक्राउ गरिएकोमा रास्वपाले संसदमा बिरोध गरेको हो । 

सांसद ढकालले स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदबारभित्रको बेमानहरूलाई खबरदारी गर्दै गर्दा समाउन नपाइने भन्दै उक्त घटनाको बिरोध गरेका हुन । 

बुधबार, १२ भदौ २०८१, १६ : ०५

प्रतिक्रिया