पदाधिकारीमा हारे, पोटिव्युरोमा जिते

विहीबार, १३ भदौ २०८१, ०८ : ५८

काठमाडौं – एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनमा केही अनौठा परिणामहरु देखिएका छन् । महाधिवेशनबाट अध्यक्ष र महासचिव मात्र छानिएकोमा बाँकी पदाधिकारी छान्न चुनाव गराएको थियो । उक्त चुनावमा पदाधिकारीमा हारेका केही नेता भने पोलिटब्युरो सदस्यमा विजयी भएका छन्। 


महिला उपाध्यक्ष पराजित रामकुमारी झाँक्री, खुला उपाध्यक्षमा पराजित विरोध खतिवडा, मधेसी उपाध्यक्षमा पराजित रामचन्द्र झा लगायतका नेता पोलिटव्युरो सदस्यमा विजयी भएका हुन्।

एकीकृत समाजवादीले निर्वाचनबाट १८ पदाधिकारी र १०५ सदस्यीय पोलिटब्युरो सदस्य चयन गरेको छ।

एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ। 

एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन्। 

मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन्।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन्।

त्यसैगरी सचिवमा गणेश विक, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा नेता राजेन्द्रप्रसाद पाण्डे यसअघि नै निर्विरोध भएका थिए। 

यी हुन् पोलिटब्युरो सदस्यमा विजयी हुने नेता

cpns

विहीबार, १३ भदौ २०८१, ०८ : ५८

प्रतिक्रिया