माओवादीमा नेतृत्व परिवर्तनको मुद्धा व्यापक बन्दै

विहीबार, १३ भदौ २०८१, १० : ०३

काठमाडौं – माओवादी सचिवालय  बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएको नेतृत्व परिवर्तनको मुद्धाले व्यापकता पाउन थालेको छ । सुदूरपश्चिमको धनगढीमा भएको परामर्शमा बैठकमा पनि प्रचण्डले नेतृत्व परिवर्तनको बहस सुन्नु परेको छ ।  

बैठकमा धारणा राख्ने अधिकांशले अहिले प्रचण्डकै नीति र नेतृत्वको आवश्यकता रहेको बताए पनि केही केन्द्रीय सदस्यहरूले पार्टी निर्माणको लागि नेतृत्व परिवर्तनको बहसमा छलफल गर्नु पर्ने बताएका थिए । आज पार्टी कमजोर हुनुको कारणबारे पनि खोजी हुनुपर्ने नेताहरूले बताए ।

माओवादी कमजोर आस्थामा पुग्दै गएको हुँदा अहिले नेतृत्व परिवर्तनको बहस उपयुक्त रहेको टेकेन्द्र भट्टले बताएका थिए । त्यस्तै दीपक साउदले पनि उपमहासचिव जनार्दन शर्माले उठाएको विषय उपयुक्त रहेको टिप्पणी गरेका थिए । मञ्जु बमले पनि त्यस्तै धारणा व्यक्त गरेकी थिइन् ।


‘सीमित व्यक्ति र समूहले लाभ लिन थाले नेतृत्व परिवर्तनको बहस सुरु गर्ने कुरा नराम्रो होइन’, उनले भनिन् ।

परामर्श बैठकमा दाहाल सहित पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी छन् । उनीहरु सबैले आज जवाफ दिने छन् ।

 

विहीबार, १३ भदौ २०८१, १० : ०३

प्रतिक्रिया