राष्ट्रपति पौडेल भोलि भक्तपुर दरवार स्क्वायर जाने

विहीबार, १३ भदौ २०८१, १५ : २१

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेले प्रत्येक महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने भएका छन् । 

राष्ट्रपति कार्यालयले ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम तय गर्दै राष्ट्रपति पौडेल हरेक महिनाको एक दिन सार्वजानिक स्थलमा जाने उल्लेख गरेको हो । 

कार्यक्रमअन्तर्गत पौडेल पहिलो पटक भोलि (शुक्रबार) भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विहीबार, १३ भदौ २०८१, १५ : २१

प्रतिक्रिया