काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले भड्किलो र खर्चिलो तरिकाले तीज नमनाउन आग्रह गरेको छ।
बिहीबार सूचना प्रकाशित गर्दै अनावश्यक तामझाम नगरीकन तीज पर्व मनाउन प्रशासन कार्यालयले आग्रह गरेको हो। तडकभडकसहितका खर्चिला कार्यक्रम विगतका तुलनामा हाल बढ्दै गएकोप्रति ध्यानाकर्षण भएको प्रशासनले जनाएको छ ।
तीजमा त्यस्ता तडकभडकसहित खर्चिला कार्यक्रम भएमा ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिएको छ।
प्रतिक्रिया