नाराबाजी गर्नेलाई पक्राउ गर्नु संविधानको उल्लंघन : भीम रावल

विहीबार, १३ भदौ २०८१, १५ : ५८

काठमाडौं – गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोप्रति   नेकपा (एमाले) का नेता भीम रावलले विरोध गरेका छन्। उक्त कार्य संविधानको उल्लंघन भएको उनको तर्क छ।

नेता रावलले भनेका छन्, ‘टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो। जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरङ्कुश स्वेच्छाचारी। जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तव्य हो।’

विहीबार, १३ भदौ २०८१, १५ : ५८

प्रतिक्रिया