खेलाडी टिकाइराख्‍न नीतिगत र व्यवहारिक  व्‍यवस्था जरूरी छ : खेलकुद मन्त्री चौधरी

विहीबार, १३ भदौ २०८१, १६ : ४३

काठमाडौँ - युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्ने बताएका छन् ।

Volleyball  Kheladi samman

 बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित 'काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४' मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले भने, 'खेलकुदलाई विश्वभर उच्च प्राथमिकता दिइएपनि नेपाल सरकारले भने अझै पनि प्राथमिकतामा राखेको छैन। त्यसकारण खेलकुद क्षेत्रलाई नै उच्च प्राथमिकता दिन यसको नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्छ ।'

 उनले सरकारले यसवर्ष पनि सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयलाई नै दिएको गुनासो गर्दै आउने वर्षमा खेलकूद  पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए ।'सरकारले यस वर्ष पनि सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा दिएको छ। खेलकुदमा भौतिक पुर्वाधारहरू लगायतका खेलहरू प्राथमिकतामा छैनन् । अब खेल र खेलाडीलाई टिकाइराख्‍न राज्‍यले लगानी बढाउनु जरूरी छ। '

 खेलकुदमन्त्री चौधरीले खेलाडी र उनका सन्ततिका लागि पनि राज्‍यले सेवा सुविधान उपलब्ध गराउने आफूले पहल र प्रयास गरिरहेको समेत बताए । उनले भने, 'म विभागीय मन्त्रीको हैसियतले खेलाडी र नीजका सन्ततीका लागि सुविधा इमान्दारीपूर्वक उपलब्ध गराउने पहल र प्रयास गरिरहेको विश्वास दिलाउन चाहन्छु।'

 

विहीबार, १३ भदौ २०८१, १६ : ४३

प्रतिक्रिया