भारतले डिज्नी र रिलायन्स इन्डष्ट्रिजको मर्जरलाई दियो अनुमति

विहीबार, १३ भदौ २०८१, १७ : ३५

काठमाडौँ -भारतले डिज्नी र रिलायन्स इन्डष्ट्रिजको मर्जरलाई अनुमति दिएको छ ।

त्यहाँको प्रतिस्पर्धा हेर्न नियामकले दुई कम्पनीको मर्जरलाई हरियो झन्डा देखाएको हो । मर्जरपछि बन्ने कम्पनीमा अर्बपति मुकेश अम्बानीको रिलायन्सको बहुमत शेयर हुनेछ । यो मर्जरपछि बन्ने कम्पनी भारतको सबैभन्दा ठूलो मनारेञ्जन कम्पनी बन्नेछ ।

यसले सोनी, नेटफ्लिक्स र एमाजन जस्ता कम्पनीलाई कडा टक्कर दिनेछ । यो कम्पनीले भारतमा हुने अधिकांश खेलकूद कार्यक्रमको प्रसारण अधिकार पाउनेछ ।मर्जर अगाामी ६ महिनाभित्र पूरा हुने आशा गरिएको छ ।

यो कम्पनीको अध्यक्ष मुकेश अम्बानीकी श्रीमती निता अम्बानी रहने खबरहरू आएका छन् । यो सम्झौतामा केही स्वेच्छिक हेरफेर भने हुने बताइएको छ । एजेन्सी

विहीबार, १३ भदौ २०८१, १७ : ३५

प्रतिक्रिया