राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय

शुक्रबार, १४ भदौ २०८१, ०७ : ०७

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ ।  सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जाने भएका हुन् । 

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन् । जस अन्तरगत  पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।  राष्ट्रपति पौडेल आज  बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

शुक्रबार, १४ भदौ २०८१, ०७ : ०७

प्रतिक्रिया