पोलियो खुवाउन युद्ध विराम गर्ने सहमति

शुक्रबार, १४ भदौ २०८१, ११ : २२

काठमाडौँ –युद्धरत इजरायल र हमास गाजाका केही क्षेत्रमा तीन दिनका लागि युद्धविराम गर्न सहमत भएका छन्। यो सहमति बालबालिकालाई पोलियो खुवाउनको लागि गरिएको हो । गाजामा २५ वर्षपछि अगस्ट २३ मा पोलियोको पहिलो केस फेला परेको थियो । उक्त घटनापछि नै ६ लाख ४० हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन इजरायल र हमास युद्ध विराम गर्न सहमत भएका हुन् ।

जुन ठाउँमा खोप अभियान सञ्चालन गरिन्छ सोही ठाउँमा मात्र युद्धविराम गरिने भएको छ । डब्ल्यूएचओ अधिकारीले जनाए अनुसार खोप अभियान मध्य गाजामा सुरु हुनेछ, जहाँ तीन दिनको युद्धविराम हुनेछ । त्यसपछि यो दक्षिणी गाजा तर्फ सर्नेछ, जहाँ थप तीन दिनको लागि युद्धविराम हुनेछ । त्यसपछि उत्तरी गाजामा खोप अभियान सञ्चालन गरिनेछ । पेपरकर्नले आवश्यक परे सबै क्षेत्रमा युद्धविराम चौथो दिनसम्म लम्ब्याउन सकिने बताए ।

शुक्रबार, १४ भदौ २०८१, ११ : २२

प्रतिक्रिया