माओवादीले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने

शुक्रबार, १४ भदौ २०८१, ११ : ५२

काठमाडौँ - नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । 

आज बस्न लागेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । केन्द्रमा कांग्रेस–एमालेबिच गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको थियो ।

कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । माओवादी सांसदहरूको  समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार गठन भएको उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।
 

शुक्रबार, १४ भदौ २०८१, ११ : ५२

प्रतिक्रिया