पूर्व डीआईजी पक्राउ

शुक्रबार, १४ भदौ २०८१, १२ : १६

काठमाडौं – सप्तरीमा प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा  पूर्व डीआइजीसहित १० जनालाई पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई) सञ्जय न्यौपानेसहित १० जनालाई पक्राउगरेको प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरतत छन् ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाको साथबाट २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को२त ६९ नम्बरको ट्रयाक्टर एक थान र मारिएको बँदेल बरामद गरिएको छ । जिल्ला 

शुक्रबार, १४ भदौ २०८१, १२ : १६

प्रतिक्रिया