भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटाउन सरकार बाध्य

शुक्रबार, १४ भदौ २०८१, १२ : ५५

काठमाडौँ – चौतर्फी दवावपछि सरकार भ्रष्टाचार कसुरमा ५ वर्षे हदम्याद हटाउन तयार भएको छ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे  हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गरे । राज्य व्इवस्था समितिमा बोल्दै मन्त्री लेखकले भ्रष्टाचारीलाई कुन विधि अनुसार कारबाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुङ्गो लगाउन आग्रह गरे ।  मन्त्री लेखकले भने, ुभ्रष्टाचार ५ वर्षे हदम्याद हटाइदिउँ, पहिलेकै व्यवस्था राखौँ । भ्रष्टाचारका मुद्दामा जहिलेसुकै मुद्दा चलाउन सकिन्छ ।  यो सरकारको आग्रह छ, सरकार यो प्रावधान हटाउन तयार छ । जहिलेसुकै मुद्दा  चलाउने सुनिश्चितता गरौँ । ५ वर्षे हदम्यादको विषय हटाउन समस्या भएन । समितिका सदस्यहरूको धारणा अनुसार सरकार चल्न तयार छ ।

मन्त्री लेखकले सरकार हदम्याद हटाउन तयार रहेको बताएपछि समितिका सांसदहरूले स्वागत गरेका छन् ।

शुक्रबार, १४ भदौ २०८१, १२ : ५५

प्रतिक्रिया