काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ यातायात व्यवस्था विभाग खारेजीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएको छ।
नेविसंघले किन यातायात कार्यालयको खारेजीको माग गरेको हो प्रष्ट भएको छैन । कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत नेविसंघका कार्यकर्ताले आज मध्याह्न मीनभवनस्थित यातायात व्यवस्था विभाग अगाडि भेला भएर विरोध प्रदर्शन गरेका हुन् । स्ववियु सदस्य अभिषेक कार्कीको नेतृत्वमा करिब दुई दर्जनको संख्यामा रहेका प्रदर्शनकारीले विभागका महानिर्देशकविरुद्ध चर्को नाराबाजी गरे ।
प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले नालायक डिजि मूर्दावादु, नालायक डिजि राजीनामा देु, यस्तो डिजि चाहिदैनु, स्मार्ट लाइसेन्स जारी गरु, यातायात व्यवस्था विभाग खारेज गरु, जस्ता नारा लगाएका छन् ।
प्रतिक्रिया