लागु औषध चरेससहित एक व्यक्ति पक्राउ

शनिबार, १५ भदौ २०८१, १४ : ४७

काठमाडौँ - कैलालीमा लागु औषध चरेससहित एक व्यक्ति पक्राउ परेका छन् । 

शनिबार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली बझाङ जिल्ला केदारस्युँ गाउँपालिका ७ बस्ने ४२ वर्षीय जनक धामीलाई ४.५ केजी चरेससहित पक्राउ गरेको हो । धामीबाट चरेससहित ७५ हजार रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।  

पक्राउ परेका धामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ ।   

शनिबार, १५ भदौ २०८१, १४ : ४७

प्रतिक्रिया