टीआरसी कार्यान्वयन स्वागतयोग्य छ: नेपाल पत्रकार महासङ्घ

शनिबार, १५ भदौ २०८१, १६ : २४

काठमाडौँ - नेपाल पत्रकार महासङ्घले वि.सं. २०५२ देखि ०६२ सम्म मुलुकमा चलेको १० वर्षे सशस्त्र संघर्षमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) कार्यान्वयनको स्वागत गरेको छ ।

नेपालको सङ्घीय संसद्‌को दुबै सदनबाट पारित टीआरसी विधेयकलाई दुई दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमााणीकरण गरेका थिए । टीआरसी विधेयक पारित भइ कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिई स्वागत गरिएको पत्रकार महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले मुलुकमा भएको सशस्त्र द्वन्द्व अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली प्रेस र नेपाल पत्रकार महासङ्घले सधैं सकारात्मक भूमिका खेल्दै आएको पनि विज्ञप्तिमा लेखेको छ ।

fnj-trc


 

शनिबार, १५ भदौ २०८१, १६ : २४

प्रतिक्रिया