काठमाडौँ - गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका शसिका राईको स्वर रहेको तिज गीत ‘ए दिदी भिनाजु खै’ सार्वजनिक भएको छ ।
शिवाकोटीकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा दिदीभाईको प्रेमभावलाई नजिकबाट देखाइएको छ । वर्ष दिनपछि आफ्नो माइतीलाई भेट्दा हुने खुसी देखाइएको छ । भिडियोका निर्देशक दिलिप समन हुन् । मिना बर्तौला र गायक शिवाकोटीकै अभिनय रहेको भिडियोमा गीता थापा, सृष्टि उग्रकोटी, खेम नेपाली, सुनिल न्यौपाने, सुनिल बुढाथोकी लगायतको अभिनय देख्न सकिन्छ ।
विशाल थापाको छायाङ्कन, नकुल खड्काको सम्पादन रहेको छ भने भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया