१७ औँ पुस्तकालय दिवस सम्पन्न

शनिबार, १५ भदौ २०८१, १७ : २१

काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा १७ औँ पुस्तकालय दिवस सम्पन्न भएको छ ।

काठमाडौंमा मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । मन्त्री भट्टराईले नेपालमा हालसम्म पनि पुस्तकालय सञ्चालन तथा व्यवस्थापन सम्बन्ध स्पष्ट कानुन तथा नीतिको अभाव रहेको बताउँदै त्यसका लागि आफूले पहल गर्नेसमेत प्रतिवद्धता जनाइन् । 

यस्तै पछिल्लो समय विकसित सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।  

 यस्तै पूर्वमन्त्री गणेश शाहले पुस्तकालय समाजको ऐना भएको बताए । रसियन हाउसका निर्देशक एन्तोन मास्ेभले नेपालमा पुस्तकालय दिवस मनाएजस्तै रसियामा राष्ट्रिय ज्ञान दिवस मनाउने गरिएको र आजकै दिन शैक्षिक सत्रको थालनी हुने बताए । 

शनिबार, १५ भदौ २०८१, १७ : २१

प्रतिक्रिया