कर्णाली राजमार्ग आइतबारसम्म खुल्ने, फिल्डमै सिडिओ

आइतबार, १६ भदौ २०८१, १० : २२

काठमाडौं – चारदिनदेखि अवरुद्ध कर्णाली राजमार्ग आइतवार दिउँसोसम्म खुलाउनेगरी काम भैरहेको छ । गत बुधबार खसेको पहिरोले अबरूद्ध सडक भोलि दिउँसोसम्म खुलाउने गरि काम भैरहेको दैलेखका  प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । 
राजमार्गको दैलेख कालिकोट खण्डमा पर्ने मालाचौर, दहीखोला र किट्टुभीरमा ठूलो पहिरो खस्दा सडक अबरूद्द छ । 
 
‘पहिरोले सडक नै  बगाएको र कडा चट्टान भएकोले वाल उठाएर बाटो बनाउदै अघि बढदै गएका छ’, प्रजिअ भुसालले भने,  ‘मालाचौरको ठुलो पहिरो हटाएर अघि बढेको छ। किट्टिको भिरमा वाल उठाएर बाटो बनाउदै छौ।’
दहि खोलामा पुल नै बगाएको हुनाले ह्युम पाइप राखेर तत्कालको लागि आटो खुलाउने काम भैरहेको उनको भनाइ  छ। ‘भोलि दिनभरमा हामि खुलाउने गरि काम गरि राखेका छौं,’उनले भने । 

 पहिरो हटाउन नेपालगञ्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइएको उनको भनाई छ ।

आइतबार, १६ भदौ २०८१, १० : २२

प्रतिक्रिया