वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रष्ट्रिय सम्मेलन गर्दै

आइतबार, १६ भदौ २०८१, १० : ५२

काठमाडौं – तत्कालीन नेकपा (माओवादी) बाट अलग भएर बनेको विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय सम्मेलन असोज ३ देखि ५ सम्म हुने भएको छ । असोज ३ मा काठमाडौंको भृकुटीमण्डपमा विशाल जनप्रदर्शनसहितको प्रारम्भिक सत्र तथा ४ र ५ मा भक्तपुरको बोडेमा बन्दसत्र गर्न लागिएको पार्टीले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पार्टी कार्यकर्ता, शुभचिन्तक र नेपाली श्रमजीवी जनताको अथक परिश्रम, दृढ संकल्प र क्रान्तिकारी जोसको परिणामस्वरुप पार्टीले प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको पार्टीका नेता धनकुमारी सुनारले जानकारी दिइन् ।

आइतबार, १६ भदौ २०८१, १० : ५२

प्रतिक्रिया