देशभर फैलिंदै डेंगु सङ्क्रमण

आइतबार, १६ भदौ २०८१, ११ : २३

काठमाडौँ –  निरन्तरको वषासँगै देशभर डेंगु सङ्क्रण तीब्र भएको छ । हालसम्म संक्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा ५ हजार ५८९ जनामा फैलिएको डेंगु अगस्ट ३० मा ७५८ जना सङ्क्रमित थपिएर ६ हजार ३४७ जना पुगेको हुन् ।

यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।  

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । 

आइतबार, १६ भदौ २०८१, ११ : २३

प्रतिक्रिया