काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) मा चलेको आन्तरिक विवाद विभिन्न रुपमा प्रकट हुन थालेको छ । खासगरी नेतृत्व परिवर्तनको विषय माओवादीमा पछिल्लो समय पेचिलो बन्दै आएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अहिले लुम्बिनी प्रदेशका पार्टी बैठकहरुमा सहभागि भैरहेका छन् । त्यहाँ उनले पार्टीको यही अन्तरबिरोधलाई अभिव्यक्त गरेको पाइन्छ । उनले नेपालगञ्जमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन्। बरु उनले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गरे।
सो कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने ‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन’, अध्यक्ष दाहालले भने, ‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु।’
प्रचण्डले आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी गरे पनि पद छोड्न अनेक बहाना निकालेको पार्टी पंक्तिमै गाईंगुईं चल्न थालेको छ । तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ। ‘प्रचण्डको यो भनाइलाई यस्तै बहानाको रुपमा बुझ्न सकिन्छ,’ एक पदाधिकारीले आजको अर्थलाई भने ।
प्रतिक्रिया