काठमाडौँ - राष्ट्रिय स्वतन्त्रपार्टीकी सासंद सुमना श्रेष्ठले चेक बाउन्सका प्रक्रियालाई सरलीकरण गर्नुपर्ने बताएकी छिन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएकी हुन् । उनले चेक बाउन्सको विषयमा स्वर्गीय प्रेम आचार्यको सुसाइड नोट नबिर्सन अनुरोध गरिन् ।
मीटर ब्याजका पीडितलाई साहुहरुले खाली चेकमा सही गराउने प्रवृत्ति बढ्दो क्रममा रहेकाले यसका सचेत हुनुपर्ने उनको भनाई छ । उनले भनिन्, "चेक बाउन्सका लागि बैंकिंग प्रक्रियालाई सरलीकरण गर्नुपर्छ। वित्तीय सक्षारतालाई गाउँ-गाउँ पुर्याउनुपर्छ। हरेक पटक बैङ्क खाता खोल्दा सरल बोलीचालीको भाषामा अभिमुखीकरण हुनुपर्छ: आफ्नो चेकको महत्त्व के हो, किन चेक कसलाई दिएको, कति रकमका लागि दिएको भन्ने बारे जानकारी राख्नुपर्छ।"
कर्पोरेट चेक बाउन्सका लागि अपराधीकरण नगरी व्यावसायिकरकमर्शियल बेन्चको स्थापना गर्नुपर्छ। यदि कुनै बदनियत छैन भने सामान्यतया चेक बाउन्स लाई अपराधिकरण नगर्न नहुने उनको भनाई छ । उनले भनिन्,'बरु पैसा असुल्नमा बढी केन्द्रित हुनुपर्छ। पैसा असुल्ने प्रक्रिया समेत सरलीकरण र प्राविधिक बनाउनु पर्छ।'
प्रतिक्रिया