धुलिखेल–खावा  सडकमा यात्रुलाई सास्ती

काठमाडौं – धुलिखेल–खावा सडक दैनिकजसो अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त समयमै स्तरोन्नति नहुँदा समस्या भएको बताइएको छ ।   

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीकोे काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अबरुद्ध हुने गरेको हो । हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरुले कष्टकर यात्रा गर्न बाध्य छन् ।

धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीकोे कामको जिम्मेवारीको सम्हालेको निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र परेको हो ।

२ हप्ता अगाडि

प्रतिक्रिया