काठमाडौं –पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन्।
उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए। उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताए।
उनले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए। मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी उनले गरे।
नेता यादवले भने, ‘ केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजिमा बाहिरिएका छन्। गाउँमा युवाहरु भेटिँदैनन्। यस्तो नाजुक स्थिति छ। यो स्थिति बनाउने को हो र ? को जिम्मेवार छ ? देशमा शासन, सत्ताको नेतृत्व गर्नेहरु नै हुन्। सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरु नै हुन्। नेपाली कांग्रेस र कम्युनिष्टहरु नै यसका जिम्मेवार हुन्। मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको हो।’
वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्
प्रतिक्रिया