सिन्धुपाल्चोकमा भुकम्पको धक्का

मंगलबार, १८ भदौ २०८१, ०७ : २८

काठमाडौ -सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको छ। बिहान ६ बजेर ११ मिनेटमा मेलम्ची नगरपालिका शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको कम्पन छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो।

यसअघि शनिबार बिहान मनाङको  थोचे आसपास​ केन्द्र बनाएर बिहान ३ बजेर ४७ बजे ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो। यसअघि  बिहीबार बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

मंगलबार, १८ भदौ २०८१, ०७ : २८

प्रतिक्रिया