काठमाडौं – तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीमा रहेको डाइनामिक वाटर एण्ड वेभरेज उद्योगबाट उत्पादित एक्वा डिमान्ड नाम गरेको प्रशोधित पानीमा भदौ ५ गते ढुसीसहित कमिला फेला परेको थियो । सिल प्याक गरेर बजारमा बिक्रीमा पठाइएको प्रशोधित पिउने पानीको बोतलमा किरा भेटिएपछि उद्योग सिल गरिएको पानी उद्योगलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले घोराही उपमहानगरपालिका वडा नं. १५ दीपशिखा चोकमा रहेको सगुन नास्ता पसलमा किरासहित ढुसी लागेको पानी फेला पारेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको नेतृत्वमा तुलसीपुर पुगेको अनुगमन टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ विजौरीमा रहेको डाइनामिक वाटर एण्ड वेभरेज उद्योगको उत्पादन र बिक्री वितरणमा रोक लगाउँदै सिल गरेको थियो ।
प्रतिक्रिया