कर्णाली प्रादेशिक अस्पतालमा क्यान्सरको उपचार सुरु

बुधबार, १९ भदौ २०८१, ०९ : ५१

काठमाडौं – कर्णाली प्रदेशको एक मात्र सुविधा सम्पन्न सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेपछि अब सुर्खेतमा समेत क्यान्सर उपचार सुरु हुने भएको हो।

 बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डम्बर खड्काले  मंगलवार सम्झौतामा हस्ताक्षर गरेका छन्।

सो सम्झौतामा बिपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए। जसले क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो।

बुधबार, १९ भदौ २०८१, ०९ : ५१

प्रतिक्रिया