आन्तरिक उडानमा घटेको भाडा आजैदेखि लागु हुने

बुधबार, १९ भदौ २०८१, १० : ००

काठमाडौं – नेपालका वायु सेवा कम्पनीहरूले आज वुधवारदेखि लागु हुने गरी आन्तरिकतर्फ हवाई जहाजको भाडा घटाएका छन्। नेपाल आयल निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएपछि जहाज कम्पनीले भाडा घटाएका हुन्। सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम दुई सय ६५ रूपैयाँसम्मले भाडा घटेको छ। 

 सबैभन्दा धेरै भाडा काठमाडौं– नेपालगन्ज उडानको घटेको छ। काठमाडौं नेपालगन्ज रुटमा दुई सय ६५ रूपैयाँ घटेको छ। त्यसैगरी सबैभन्दा कम काठमाडौं–सिमरा उडानमा ४५ रूपैयाँ घटेको छ। आयल निगमले हवाई इन्धनको मूल्य न्यूनतम पाँच रूपैयाँ घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरूले हवाई भाडा समायोजन गर्ने गरेका छन्।

नयाँ भाडादर अनुसार  काठमाडौं– भद्रपुर रुटमा एक सय ५० रूपैयाँ, काठमाडौं– विराटनगर एक सय २० रूपैयाँ, काठमाडौं– जनकपुर ६५ रूपैयाँ, काठमाडौं(भरतपुर ५० रूपैयाँ, काठमाडौं– पोखरा ८० रूपैयाँ, काठमाडौं– भैरहवा १०५ रूपैयाँ इन्धनको मूल्य घटेको छ । यो सम्बन्धित गन्तव्यबाट फर्किंदा पनि भाउ सोही दरमै घटेको छ। 

त्यस्तै, काठमाडौं– नेपालगन्जमा एक सय ६५, धनगढीमा दुई सय २०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा एक सय ७५, राजविराजमा एक सय रूपैयाँले घटेको जनाइएको छ।
 

बुधबार, १९ भदौ २०८१, १० : ००

प्रतिक्रिया