काठमाडौँ - विमला ज्ञवाली र महेन्द्र भण्डारीको स्वरमा रहेको नयाँ नेपाली तिज गीत ‘तिजको बेलामा’ बजारमा आएको छ ।
विष्णु भण्डारीले लेखन र संगीत रहेको यस गीतमा सरोज प्रजा, बिना राउत, विमला ज्ञवाली, र न्युसागर लामाले अभिनय गरेका छन् । यो मौलिक तिज गीत विष्णु भण्डारीको आधिकारिक यूट्युब च्यानलमा मात्र उपलब्ध छ ।
माइत जान नपाएका महिलाहरूको दुःख केवल भौतिक अभाव मात्र होइन, भावनात्मक स्तरमा पनि गहिरो हुन्छ । विशेष गरी ती महिलाहरूका लागि, जो लामो समयदेखि परिवारसँग टाढा रहँदै आएका छन्, यो पीडा अझ बढी हुन्छ । यही सन्दर्भ विमला ज्ञवाली र महेन्द्र भण्डारीको 'तिजको बेलामा' मा प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया