काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा “अनफलो” गर्ने अभियान चलाइएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा “अनफलो” गर्ने अभियान चलाएका छन् । मंगलबार साँझदेखि सुरु गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा अनफलो गर्ने क्रम अझै रोकिएको छैन।
मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहिको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका छन् । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न थाले । ओलीको फेसबुक पेजमा मंगलबारसम्म ६ लाख ६६ हजार फलोअर्स थिए । तर, अहिले ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ९१ हजारमा झरेको छ ।
गत आइतबार मेयर बालेनले नेकपा ९एमाले०की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए । उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।
त्यसपछि एमाले निकट विद्यार्थी नेताहरूले उनको विरोध गरेका थिए । बालेनले झुटो दाबीसहित अनावश्यक प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो ।
प्रतिक्रिया