शुक्रबार लुम्बिनी प्रदेशमा  सार्वजनिक बिदा

बुधबार, १९ भदौ २०८१, १७ : ५४

काठमाडौँ - लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् । 
lumbini-bida

बुधबार, १९ भदौ २०८१, १७ : ५४

प्रतिक्रिया