काठमाडौं – मनसुनी वायुको प्रभाव अझै कम भएको छैन । देशका विभिन्न भागमा अहिले पनि वर्षा भैरहेको छ । हाल देशभर नै मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको विवरणमा कोशी, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि छ।
बिहीबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेस ,लुम्बिनी र गण्डकी प्रदेशका एक(दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ।
प्रतिक्रिया