काठमाडौँ - आइडिपी आइइएलटिइसले आइइएलटिइसको परीक्षा दिन तयार परीक्षार्थीहरूलाई लक्षित अफर घोषणा गरेको छ।
सीमित समयको लागि लागु गरेको यस अफर अन्तर्गत परीक्षार्थीले हरेक पेपर बेस्ड आइइएलटिइस टेस्टमा ३१५० रूपैयाँ छुट पाउनेछन्। पेपर बेस्ड आइइएलटिइस को लागि ९ सेप्टेम्बरभित्र टेस्ट रजिस्टर गर्ने परीक्षार्थीहरूले ३१५० रूपैयाँ टेस्ट शुल्कमा छुट पाउन सक्ने बताइएको छ।
यस अफर अन्तर्गत छुट पाउन परीक्षार्थीहरूले नजिकको आइडिपी आइइएलटिइसको अफिसमा सम्पर्क गर्न सक्नेछन्।साथै, खल्ती वा इसेवा एप, आइडिपी आइइएलटिइसको पार्टनर कन्सल्टेन्सीबाट वा लिंक प्रयोग गरी सिधैं बुक गर्न सक्नेछन्।
प्रतिक्रिया