चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि गम्भीर लापर्वाही गरेको आरोप

विहीबार, २० भदौ २०८१, १३ : ३१

काठमाडौंं – संसदको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।

 सिंहदरबारमा बुधबार बसेको  उक्त समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरुलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो । परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।। समितिले सो सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई सचेत गराएको छ ।।

 बैठकमा चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्य नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै समितिका सदस्यहरुलेआपत्ति जनाएका थिए । यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले गम्भीर त्रुटी गरेको औंल्याउँदै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता गरेकि छिन । 
 

विहीबार, २० भदौ २०८१, १३ : ३१

प्रतिक्रिया