तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

विहीबार, २० भदौ २०८१, १४ : ५३

काठमाडौं –  हिन्दु महिलाहरुको महान् चाड तीजमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  प्रदेश सरकारको २०८० चैत २० गतेको निणर्यअनुसार भोली २१ गते शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

हरितालिका तीज ब्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य गरेको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन् । 

विहीबार, २० भदौ २०८१, १४ : ५३

प्रतिक्रिया