संविधान दिवसमा  एक हजार बढी कैदीबन्दी छाड्ने तयारी

विहीबार, २० भदौ २०८१, १५ : ०८

काठमाडौं – कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन असोज ३ गते एक हजार कैदीबन्दीको बाँकी कैदकट्टा गरी रिहा गर्ने तयारी गरेको छ ।  

विभागले चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वजनिक गरेको हो। 

५० प्रतिशत कैद भुक्तान गरेका चार सय १९ जना, दुई जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी जम्मा कूल चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्न सूचना प्रकाशन भएको छ।

त्यतिबेला ५० प्रतिशत कैद भुक्तान गरेका पाँच सय ८६ जना, जेष्ठ नागरिक ३ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरी जम्मा छ सय २० जनालाई कैद भुक्तान गर्ने सात दिने सूचना निकालिएको थियो।

गणतन्त्र दिवसको दिन छुट्न सिफारिस भएका छ सय २० जना र संविधान दिवसको दिनका लागि चार सय ९२ जना गरी जम्मा एक हजार एक सय १२ जनालाई छाड्ने विभागको तयारी छ।

गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र दसैं(तिहारको बेलामा कैदीबन्दीहरू छाड्ने गरिएको छ।

विभागका अनुसार सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा केही संशोधन गर्नुपर्ने भएकोले गणतन्त्र दिवसका बेला कैदीबन्दी छुटेका थिएनन्। मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस पठाइसकेपछि संविधान दिवसका दिन एकैपटक एक हजारभन्दा बढी कैदीबन्दीहरू छुट्न लागेका हुन्।

विहीबार, २० भदौ २०८१, १५ : ०८

प्रतिक्रिया