कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिँदै नेक्सजेन म्यानेजमेन्ट

विहीबार, २० भदौ २०८१, १६ : १२

काठमाडौँ - नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । 

देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेका छन् अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग हुने गरी २०८१र८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको जनाएको छ । 

नेपालमा अहिले ठुलो सङ्ख्यामा कम्पनीहरू सञ्चालनमा रहेतापनि कम्पनी ऐनको ब्यवस्थाहरूको बारेमा अधिकांश सञ्चालनकर्तालाई जानकारी नै हुँदैन । त्यसै गरी सञ्चालनको क्रममा आवश्यक लेखा प्रणाली, व्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तीय संस्थाबाट लिने सेवा तथा सञ्चालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तव्यको जानकारी पनि नहुने गरेको पाइन्छ। 

कुन सेवाका लागि को मानिस, कहाँ र कति खर्चमा पाइन्छ थाहा नहुन समस्या छ । जसका कारण स्टार्ट अप र नयाँ व्यवसाय गर्नेहरू झनै पीडित छन् । यिनै समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम् शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरी एकद्वार प्रणाली सेवा ल्याएको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले जनाएको छ ।

विहीबार, २० भदौ २०८१, १६ : १२

प्रतिक्रिया