झरीले पनि रोक्न सकेको छैन तीजको रौनक

शुक्रबार, २१ भदौ २०८१, ०८ : ४४

काठमाडौं – आज हिन्दू धर्मावलम्बी महिलाहरुको महान् पर्व तीज । आज देशैभरि तीजको रौनक छ । महिलाहरु हरितालिका (तीज) पर्व मनाउन व्यस्त छन् । तर रातिदेखिको झरीले तीजको रौनकलाई व्यवधान गरिरहेको छ । 
 बिहानैदेखि ब्रतालुहरु राजधानीको पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा पूजाआजाको लागि पुग्ने क्रम शुरु भएको छ ।

 काठमाडौंलगायत मुलुकका धेरैजसो भागमा रातिदेखि परेको वर्षाका कारण उनीहरुले सास्ती खेप्नुपरे पनि ब्रतालु महिलाको भीड पशुपति परिसरमा बाक्लिँदै गएको छ । पशुपतिमा बिहान ३ बजेदेखि चारै वटा ढोका खोलिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का र मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइन्छ ।

शुक्रबार, २१ भदौ २०८१, ०८ : ४४

प्रतिक्रिया