काठमाडौ – अविरल वर्षातको कारण दाङको तुलसीपुरमा घर भत्किदा २ जना घाइते भएका छन् भने खसीबाख्रा समेत मरेका छन् । घर माथिबाट आएको पहिरोका कारण आज बिहान करिब साढे एक बजे घर भत्किदा तुलसीपुर–४ लामीदमारको न्यौपाने टोल निवासी ६१ वर्षका नन्दलाल भण्डारी र निजको श्रीमती बर्ष ६० कि डल्ली भण्डारी घाईते भएका हुन् ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिएको छ । त्यसैगरी घरमा च्यापीएर ७ वटा खसी बाख्रा मरेका छन् । २ तले कच्चि घरको भुँइतलामा खसीबाख्रा र माथिल्लो तलामा भण्डारी दम्पति बस्दै आएका थिए ।
प्रतिक्रिया