काठमाडौँ - गृह सचिवको जिम्मेवारी गोकर्णमणि दवाडीले पाएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्याङ्क कार्यालयमा साउन १७ मा सरुवा भएका दवाडी छोटो समयमै गृह मन्त्रालयमा सरुवा भएका हुन् । तत्कालीन गृह सचिव एक नारायण अर्याल मुख्य सचिवमा बढुवा भएपछि गृह सचिव पद रिक्त थियो ।
प्रतिक्रिया