जुम्लामा सञ्चालि निःशुल्क आँखा शिविरबाट चार सय ९८ जना लाभान्वित

शनिबार, २२ भदौ २०८१, १५ : २९

काठमाडौँ - जुम्लामा तीन स्थानीय तहमा सञ्चालित तीन दिने आँखा शिविरमा चार सय ९८ जना लाभान्वित भएका छन् । 

तिलगंगा आँखा अस्पताल काठमाडौं र जिल्लाका स्थानीय निकायको समन्वयमा सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा आँखा शिविर सञ्चालन भएका  थिए ।

शिविरबाट ‘रेफर’ भएर आएका बिरामीको नेत्र विशेषज्ञ सन्दुक रुइतको उपस्थितिमा यही भदौ २२, २३ र २४ गते कर्णाली स्वास्थ्य विज्ञानमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिने जनाइएको छ ।


 

शनिबार, २२ भदौ २०८१, १५ : २९

प्रतिक्रिया