काठमाडौँ - नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक गतिविधिहरूले मानव सबैलाई जोडेको बताएका छन् ।
शनिबार ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ तेस्रो संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सांस्कृतिक अन्तरक्रियाले संसारलाई जोडेर बाँधेको बताएका हुन् ।उनले भने, ‘यो सांस्कृतिक अन्तरक्रियाहरूले सांस्कृतिक सम्मेलनको गतिविधिले मानव मानवमा जोडिने अथवा सारा संसारलाई जोडेको हुन्छ । यस्ता सांस्कृतिक सम्मेलनहरूको माध्यमबाट दक्षिण एशियाली देशहरूलाई जोडिरहेका हुन्छौँ ।’
साथै उनले राज्यको उत्पत्तिले देशभित्र रहेका अन्य सांस्कृतिक समुदायलाई दवाबमा राखेको बताए । उनले दवाबमा रहेका सांस्कृतिक समुदायलाई सबैले एक आपसमा जोडेर सभ्य समाज बनाउनुपर्ने बताए ।महोत्सवको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको हो ।
ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटन भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, प्रज्ञा प्रतिष्ठानका राई, लेखक भुवन ढुंगाना लगायतले गरेका छन् ।महोत्सवमा तीनसय बढी लेखकहरूको सहभागिता रहने जनाइएको छ । महोत्सवमा तीनवटा हलमा ६० बढी सत्रहरू चल्ने जनाइएको छ ।
प्रतिक्रिया