काठमाडौँ - उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । रानाले खुला फोरममार्फत सांसदहरूसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् ।
उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरूलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताइन् । उनले भनिन्, ‘शिक्षामा पनि हाम्रो इन्क्लुसिभ फ्रेमवर्क हुनुपर्छ । डिसेब्लिटिजलाई काउन्सिलिङ गर्नेदेखि लिएर उनीहरूलाई कस्तो किसिमको इन्भायरोमेण्ट चाहिन्छ रु त्यो उनीहरूको लागि पनि सोच्नुपर्छ । इँटाभट्टामा काम गर्ने मजदुरहरूको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ । स्मोकबाट जुन इँटाहरू बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ । विश्वकै आँकडा हेर्ने हो भने धुवाँ पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ ।’
उपसभामुख रानाले महिला, बालबालिकाहरूका लागि सरकारले छुट्टाएको बजेट कम रहेको भन्दै आपत्ति जनाइन् । उनले कानुन बनाएर मात्रै नहुने भन्दै बनाएका कानुनहरूको कार्यान्वयन गर्न जोड दिइन् ।
प्रतिक्रिया