काठमाडौं – मृत्युमार्गको रुपमा पनि चिनिने कर्णाली राजमार्ग फेरि बन्द भएको छ । पानी परेपछि हिजो बेलुका कर्णाली राजमार्गको शुभकालीका–१ एसमोडमा ढुङ्गासहितको माटोले राजमार्ग अवरुद्ध बनेको छ । त्यस्तै गगनेखोलामा सडक भत्किदा पुर्ण रुपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले जानकारी दिए ।
उक्त सडक बन्द भएर यात्रुहरुले सास्ती भोग्दै आएका छन् । बन्द सडक खुलाउन प्रयास भइरहेको उनले बताए । यसअघि गएको भदौ १२ गते बाढीपहिरोले बन्द सडक पाँच दिनपछि खुलेको थियो ।
प्रतिक्रिया