विर्तामोडमा एक करोडको अक्षयकोष

आइतबार, २३ भदौ २०८१, १० : ०४

काठमाडौं – विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थाले बताइएको छ । सङ्घले  विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले रु एक करोडको अक्षयकोष बनाउने  निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आबद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा रु एक लाख ११ हजार एक सय ११ दाखिला गर्नु भएको सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए । 

उक्त कोषमा हालसम्म रु आठ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उनले दिए। 
 

आइतबार, २३ भदौ २०८१, १० : ०४

प्रतिक्रिया