काठमाडौं – कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन् ।छलफलका लागि ४ः३० बजेको समय तोकिएको छ ।
आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । कांग्रेसको भागमा चार मन्त्री परेका छन् । पार्टीभित्रका समूहको भागवण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन सकेको छैन । कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो ।
दुई दलबीचको छलफलमा गृहमन्त्री रमेश लेखक पनि बोलाइएको छ । गृहमन्त्री लेखकले आज नै प्रधानमन्त्री ओलीसँग प्रहरी र शसस्त्र प्रहरी विधेयक बारे छलफल गर्ने तय भएको छ ।
प्रतिक्रिया