काठमाडौँ - सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ ।
सडक विभागले चार दिनदेखि खाल्डाखुल्डी पुर्ने काम अघि बढाइएको जानकारी दिएको छ । ‘दसैँ अघि सडक खाल्डाखुल्डी रहित बनाउने हाम्रो लक्ष्य हो । चार दिन अघिदेखि खाल्डा पुर्ने काम सुरु गरिएको छ । देशका विभिन्न सडकहरूको खाल्डोहरू दसैँअघि नै पुर्ने गरी ठेक्का आह्वान भएको छ ।
प्रतिक्रिया